
काठमाडौं । भक्तपुर नगरपालिका च्यामासिंबाट जगातितर्फ आउँदै गरेको जिप र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
गए राति बा १९ च ३३८४ नंको जिप र बा६६प २८१० नंको मोटरसाइकल ठोक्किँदा घाइते भएका कमलविनायकका २९ वर्षका सुमन बुटवाल श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी बृत्त जगातिका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।
फरार जिप चालका रामेछाप खनियापानि गाउँपालिका- ७ घर भई काठमाडौं शङ्खमूलबस्ने २१ वर्षीय नारायणबहादुर श्रेष्ठलाई प्रहरीेले पक्राउ गरी घटनाको अनुसन्धान शुरु गरेको उनले जानकारी दिउ ।





