
काठमाडौं । गोंगबु गणेशस्थान हत्या गरेको शव सुठकेशमा फालिएको प्रहरीको प्रारम्भिक अनुुसन्धानबाट खुलेको छ ।
गणेशस्थान नजिकै कालो सुटकेशमा शव र दुई सय मिटरको दुरीमा टाउको फेला परेको महानगरीय परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले बताए ।
शव फेला परेको स्थानभन्दा दुई सय मिटर पर टाउको भेटिएको छ । टाउको जेब्रा झोलामा फेला परेको छ डिएसपी केसीले भने ।
टोखा नगरपालिका -१० स्थित सडक किनारामा राखिएको सुटकेशबाट रगत बगेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।





