मदन भण्डारी फाउन्डेसनद्वारा शान्तिबाटिकामा सरसफाई



Group Madan Bhandari Foundation

काठमाडौं । मदन भण्डारी फाउन्डेसन काठमाडौं महानगर कमिटीको आयोजनामा रत्नपार्क स्थित शान्तिबाटिकामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

नेकपाका सँस्थापक महासचिव पुष्पलालको स्मृतिमा श्रावण महिनाभर विविध कार्यक्रम गर्ने योजनाअनुरूप आज काठमाडौं महानगर कमिटीले काठमाडौंको मुटुमा रहेको रत्नपार्कको शान्ति बाटिकामा सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाइ कार्यक्रम आयोजना गरेको हो ।

उक्त कार्यक्रममा कमिटीका अध्यक्ष टीका पराजुलीले स्वर्गीय जननेता मदन भण्डारी सम्पुर्ण नेपालीहरुका प्रिय नेता भएकोले जनआन्दोलन २०४६ का  कमान्डर गणेशमानको प्रतिमा भएको ठाउँमा सरसफाइ गरी सामाजिक उतारदायित्व र राजनीतिक सहिष्णुता कायम गर्न प्रेरणा मिल्ने बताएका थिए । उनले समाज विकास र सामाजिक रुपान्तरणका लागि सबैले राजनीतिक पूर्वाग्रहभन्दा माथी उठेर लाग्नुपर्ने कुरामा जोड दिएका थिए ।

बिगतदेखि नै सामाजिक क्षेत्रमा मदन भण्डारी फाउन्डेसनले विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेको छ । उक्त कार्यक्रम हालको सङ्क्रमणकालीन अवस्था भएकोले स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गरी शान्ती बाटिका सरसफाई गरिएको थियो ।

उक्त कार्यक्रममा मदन भण्डारी फाउन्डेसन महानगर कमिटी  इन्चार्ज ध्रुब थपलिया तथा कमिटीका अध्यक्ष टीका पराजुलीलगायत कमिटीका पदाधीकारी, सदस्य एवम सामजिक अभियान्ताहरुको सहभागितामा सम्पन्न भएको थियो । भने कार्यक्रम संचालन उक्त प्रारम्भ कमिटीका सचिब श्रीराम राईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्