बिभागिय प्रमुख बराइलीको लापरबाहीका कारण विद्यार्थीहरुको भबिस्य अन्योलमा



Prasasakiya pramukh

सानोठिमी क्याम्पस SNE बिभागका बिभागिय प्रमुख खगेन्द्र बराइलीले पटकपटक गरेको लापरबाहीले गर्दा सानोठिमी क्याम्पसमा अध्ययन गर्ने थुप्रै विद्यार्थीहरुको शैक्षिक भबिस्य बर्बाद भैरहेको बेला उनले अर्को गैरजिम्मेवारपुर्ण कार्य गरेको खुलेको छ ।

SNE तेस्रो सेमेस्टरमा अध्ययन गर्नुपर्ने बिषय र त्यसको पाठ्यक्रमको बारेमा थाहा नपाउदा विद्यार्थीहरुको एउटा बिषयको परिक्षा नै छुटेको छ । र उक्त बिषय छ भन्ने कुरा क्याम्पस आइसकेपछि मात्रै थाहा भयो भन्ने कुरा स्वयं बिभागिय प्रमुख बराइली बाताउछ्न् ।

पटकपटक गल्ती गर्दै आइरहेको भए पनि उनी हालसम्म पनि राजनीति संरक्षणका कारण  खुलेलाम गल्ती दोहोर्याउदै हिडिरहेका छ्न । तथापि पछिल्लो समय उनले गरेका गल्तीको बिषयलाइ उठानगरि उनको राजिनामा र कार्वाहीको माग गर्दै स्वबियुले क्याम्पस प्रमुखको कार्यकक्ष, प्रशासन र लेखा शाखामा तालाबन्दी गरेको छ भने नेबि संघले उनको कार्यकक्षमा तालाबन्दी गरेको छ ।

यस्तै अनेरास्ववियू सानोठिमी क्याम्पसले पनि समस्याको समाधान गर्न भन्दै बिज्ञप्ती निकालेको छ । बिज्ञप्तीमा जे भएनि उनलाई राजीनामा र कार्वाहीको बिकल्प नभएको स्वबियु सदस्य तथा अनेरास्ववियू सानोठिमी क्याम्पसका नेता रेशमलाल श्रेष्ठले बताए त्यस्तै स्वबियु सराले पनि उनलाइ हदैसम्मको कार्वाही गर्नुपर्नेमा जोड दिएका छ्न् ।

तथापि उनलाइ बचाउनका निम्ति केहि विद्यार्थी नेताहरु , प्राध्यापकहरु र स्वम निमित्त क्याम्पस प्रमुख गेम प्रसाद गुरुङ पनि लागिपरेको देखिन्छ । राजनीतिक हिसाबले उनी पुर्व एमाले समर्थित प्रगतिशील प्राध्यापक संगठनमा आवद्ध रएको र निमित्त क्याम्पस प्रमु पनि त्यही संगठनमा आवद्ध रहेको हुँदा उनलाई जोगाउन लागिपरेको देखिन्छ ।

उनले गरेका गल्तिहरु:

– क्याम्पसले दिएको ल्यापटप हरायो भनेर लुकाएको

– कोरिएनले दिएको ट्याब हिनामिना गरेको

– विद्यार्थीहरुलाई दुख दिन एउटा बिषयको रुटिङ्ग दिई अर्कै बिषयको परिक्षा लिएको ।

– बिषयबस्तुमा अदक्ष हुँदा पटकपटक विद्यार्थीहरुले कक्षा बहिष्कार गरेका साथै आफ्नो विभाग अन्तर्गत विषयको जानकारी नभएको ।

प्रतिक्रिया दिनुहोस्