खुट्टा र मुटुमा समस्या देखिएपछि रेशम चौधरी वीर अस्पताल भर्ना



काठमाडौं । कैलालीको टिकापुर घटनाका दोषी रेशम चौधरी अस्पताल भर्ना भएका छन् । डिल्लीबजार कारागारमा रहेको उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

कारागार सुरक्षामा खटिएका एक अधिकारीले बताए अनुसार चौधरीको खुट्टा र मुटुमा समस्या देखिएपछि चौधरीलाई वीर अस्पताल भर्ना गरिएको छ ।

टीकापुरमा थारु आन्दोलन उत्कर्षमा पुगेका वेला ७ भदौ ०७२ मा डेढ वर्षीय नाबालकसहित ८ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो । घटनाका मुख्य आरोपित चौधरी लामो समय फरार थिए ।

प्रतिक्रिया दिनुहोस्