राष्ट्रिय सभाका चारवटै विषयगत समितिका सभापति निर्विरोध निर्वाचित



काठमाडौं । राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका छन्। राष्ट्रिय सभाका चार वटा विषयगत समिति छन्।

दीगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरूङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल निर्वाचित भएका हुन्।

समिति सभापतिहरूले आजै पदधार ग्रहण गरेका छन्। संघीय संसदको नियमावलीले राष्ट्रिय सभाका समितिको कार्यविधि दुई वर्ष हुने व्यवस्था गरेको थियो।

समय सकिएपछि चारवटै समिति विघटन भएका थिए। राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाहरूले समितिमा मनोनयन गरेपछि सभापति चयनको बाटो खुलेको थियो।

प्रतिक्रिया दिनुहोस्