
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी विष्णु रिमालले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको कटाक्ष गरेका छन् । रिमालले प्रवक्ता भएर आफ्नो पदको लाज जोगाउनु भन्दै कटाक्ष गरेका हुन् ।
रिमालले पार्टी भित्र विवाद चुलिएको बेला बिधी र पद्दती को नक्कली गीत गाउँदै नेताहरुलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नसमेत आग्रह गरेका छन् ।
Enough is enough @nksthaprakash जी! कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस। ‘बिधी र पद्दती’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटवन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्!
पार्टी एकता बिरूद्धका कुनैपनि गतिबिधि कतैबाट पनि नहोस् !!
मुलुक संवेदनशील मोडमा छ महसूस होस्!!!— Bishnu Rimal (@BishnuRimal) August 7, 2020
रिमालले ‘इनफ इज इनफ’ भन्दै प्रवक्ता श्रेष्ठलाई मेन्सन गरेर ट्वीट गर्दै लेखेका छन्, , ‘नारायणकाजी श्रेष्ठ जी ! कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् । बिधी र पद्दती को नक्कली गीत गाउँदै नेताहरुलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस् ! पार्टी एकता बिरुद्धका कुनैपनी गतिबिधि कतैबाट पनि नहोस् !! मुलुक संवेदनशील मोडमा छ महसूस होस् !!!





