सुनको मूल्य तोलामा १ लाख ३ हजार ५०० रुपैयाँ पुग्यो



काठमाडौं । सुनको मूल्य शुक्रबार तोलामा १ लाख ३ हजार ५०० रुपैयाँ पुगेको छ । बिहीबार तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार बढेर तोलामा १ लाख ३ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाादी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी तेजावी सुन तोलामा १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको छ । व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार चाँदी तोलामा १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्