हवाई उडान मोडालिटी सम्बन्धमा उच्चस्तरीय बैठक सम्पन्न



कोभिड–१९ महामारीले विगत पाँच महिनादेखि थलिएको हवाई क्षेत्र भदौ १ गतेदेखि पुनः संचालनमा आउने भएको छ । बिहिबार (आज) गृहमन्त्रालयमा हवाई उडान संचालनको मोडालिटी सम्बन्धमा बैठक सम्पन्न भएको छ ।

उक्त बैठकमा गृहमन्त्री राम बहादुर थापा (बादल), परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, स्वास्थ तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल लगायत विभिन्न मन्त्रालयका सम्बद्ध अकिारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्