
२२ साउन २०७७, काठमाडौँ
काठमाडौँ उपत्यकामा दिनप्रतिदिन कोरोना संक्रमित बढ्दैछन् । लकडाउन खुकुलो भएसँगै उपत्यकामा कोरोना संक्रमित थपिन थालेका हुन् ।
आज बिहिबार मात्र काठमाडौँ उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौँका ७६, भक्तपुरका १ जना र ललितपुरका १० जना गरी ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।





