काठमाडौं उपत्यकामा ८ जना कोरोना संक्रमित सम्पर्कबाहिर



काठमाडौं । बुधबार उपत्यकामा कोरोना संक्रमण पुष्टि भएका १०२ जनामध्ये ८ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्क बाहिर रहेका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) अनुसार बुधबार बिहानसम्म १६ जना संक्रमित सम्पर्कबाहिर थिए । तीमध्ये ८ जना बिहीबार सम्पर्कमा आएका हुन् ।

‘कसैको फोन अफ छ त कसैको फोन उठेको छैन’, इडीसीटीका केस म्यानेजमेन्ट संयोजक उत्तमकुमार कोइराला भन्छन् , ‘बेपत्ता हुनेहरु तराईका जिल्लाबाट आएका थिए’ ।(रासस)

प्रतिक्रिया दिनुहोस्