विप्लव समूहका जिल्ला सेक्रेटरीसहित चार जना पक्राउ



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह नेकपाका रुकुम (पश्चिम) जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले जिल्लाको आठबीसकोट नगरपालिका–९, राडी बजारबाट जिल्ला सेक्रेटरी हिरामणि रावलसहित चार जनालाई पक्राउ गरेको हो ।

लुकीछिपी गरिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जिल्लाको मुसीकोट नगरपालिका ६ का ३९ वर्षीय जिल्ला सदस्य २८ वर्षीय घमण्ड महर र विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष १९ वर्षीय प्रेमशान्त बोहरालाई पक्राउ गरेको हो ।

त्यस्तै सोही टोलीमा रहेका पार्टीका कार्यकर्ता २० बर्षीय तुलबहादुर घर्ती पनि पक्राउ परेको जिल्ला प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्