खुमलटारमा प्रचण्ड र नेम्वाङबीच भेटवार्ता



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा )का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संसदीय दलका उपनेता सुवास नेम्वाङबीच भेटवार्ता भएको छ ।

दई अध्यक्षबीचको वार्ता हुन नसकिरहेका बेला प्रचण्डकै आग्रहमा नेम्वाङ खुमलटार पुगेका हुन् । अध्यक्ष केपी शर्मा ओलीसँगको टेलिफोन संवादमा प्रचण्डले नेम्वाङसँग कुरा गर्न चाहेको बताएपछि बालुवाटारले पठाएको स्रोतले जनाएको छ ।

प्रचण्डसँग के कुरा भयो भन्नेबारे नेम्वाङ खुल्न चाहेनन् । उनले अहिलेसम्मको छलफल सकारात्मक रहेको भन्दै आफू आशाबादी बनेको र सबैको पहल दुई अध्यक्षबीच समझदारी कायम गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताए ।

आफू दुई अध्यक्षबीच पुनः छलफल गराउन प्रयासरत रहेको भन्दै नेम्वाङले आज भने भेटघाटको सम्भावना नरहेको बताए ।

प्रचण्डले नेम्वाङलाई पार्टी विभाजनको डिलमा रहेको भन्दै ओली लचिलो नहुने हो भने पार्टीको बहुमत पक्षले विधानअनुसार अघि बढ्नुपर्ने बताएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्