आजबाट सार्वजनिक तथा निजी सवारी साधनमा जोर-बिजोर लागु



काठमाडौं । काठमाडौं उपत्यकासहित अन्य जिल्लाहरुमा आजबाट सार्वजनिक तथा निजी सवारी साधनमा जोर- बिजोर लागु भएको छ ।

कोरोना भाइरसको संक्रमण फैंलिँदै गएपछि सरकारले फेरि जोर-बिजोरको आधारमा सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको हो ।

गृहमन्त्रालयका अनुसार काठमाडौं उपत्यका र दुई सय जनाभन्दा बढी संक्रमित भएका जिल्लाहरुमा जोर-बिजोर लागु गरिएको छ ।

आज साउन २२ गते जोर गते रहेकाले जोर नम्बर प्लेट भएका सवारी साधनमात्र चल्न पाउने छन् । सवारी साधनको नम्बर प्लेट र गतेको अन्तिम अंकको आधारमा जोर-बिजोर छुट्याइन्छ । (रासस)

प्रतिक्रिया दिनुहोस्