कपनको केयर बालगृहमा रहेका ११ बालबालिकाको उद्धार



काठमाडौं । काठमाडौं कपनको केयर बालगृहमा रहेका ११ जना बालबालिकालाई राष्ट्रिय बालअधिकार परिषदले उद्धार गरेको छ । बालगृह सञ्चालक पुष्पा अधिकारीले हालै बालगृहलाई बुझाएको शिशु चौरमा भेटिएको भनी झुटो प्रचार गरेको सार्वजनिक भएको थियो ।

बुधबार परिषद र केन्द्रीय बालबालिका खोजतलास समन्वय केन्द्रले बुढानीलकण्ठ नगरपालिकाको महिला, बालबालिका एवं ज्येष्ठ नागरिक शाखा र बुढानीलकण्ठ नगरपालिका– ११ का वडाध्यक्ष राजु अधिकारीको रोहबरमा ११ जनाको उद्धार गरिएको हो ।

उद्धार गरिएका सबै ११ बालबालिकालाई सरकारको अस्थायी संरक्षण केन्द्रमा राखिएको छ । यी बालबालिकामध्ये परिवार हुनेलाई परिवारको जिम्मा लगाउने र परिवार नहुनेलाई संरक्षण केन्द्रमा राख्ने राष्ट्रिय बालअधिकार परिषदकी कार्यक्रम अधिकृत नमुना भुसालले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्