काठमाडौंमा भुइँचालोको धक्का महशुस



काठमाडौं । बुधबार अपराह्न साढे चार बजे काठमाडौं उपत्यकामा भुँइचालोको धक्का महशुुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ललितपुर, बंगलामुखी आसपास केन्द्रविन्दु बनाएर भुइँचालो आएको हो ।

केन्द्रका अनुसार ३.५ म्याग्निच्युडको भुइँचालो आएको हो । मंगलबार राती ११:४० बजे पनि भुइँचालो गएको थियो । मापन केन्द्रका अनुसार मंगलबार राती २ं.७ म्याग्च्यिुडको भुइँचालो आएको थियो ।

प्रतिक्रिया दिनुहोस्