बलात्कारको आरोपमा वडा सचिव पक्राउ



कैलाली । कैलालीमा बलात्कारको आरेपमा एकजना वडा सचिव पक्राउ परेका छन् । भजनी नगरपालिका ४ का वडा सचिव सुमनकुमार चौधरीलाई बलात्कारको आरोपमा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार वडा सचिव चौधरीबाट आफू बलात्कृत भएको भन्दै एक महिलाले १८ साउनमा जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता गराएकी थिइन् ।

महिलाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए ।

“चौधरी उपर जबरजस्ती करणीको उजुरी आएको छ” , उनले भने “आरोपित व्यक्तिलाइृ नियन्त्रणमा लिएका छौं थप कुरा अनुसन्धान पछि खुल्ने छ”। जिल्ला प्रहरी कार्यालय कैलालीको आदेशमा वडा सचिव चौधरीलाई इलाका प्रहरी कार्यालय भजनीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्