“पार्टी फुटाउने कार्य जनतालाई स्वीकार्य हुँदैन ” : नेकपा प्रमुख सचेतक गुरुङ



२१ साउन २०७७ काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले ठूलो मेहनत र बलिदानबाट एकतामा रुपान्तरण भएको पार्टी टुटफुट नहुने दाबी गरेका छन्।

लमजुङस्थित मस्र्याङ्दी गाउँपालिकामा नेकपा गाउँपालिका कमिटिले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले पार्टी फुटाउने कार्य जनतालाई अस्वीकार्य भएको बताए ।

नेकपामा आन्तरिक विवाद भइरहेमा बाहिरी शक्तिले चहलखेल गर्नसक्ने र देशको विकासमा समेत धक्का पुग्‍ने उनले बताए । नेकपाले एकताबद्ध भएर अघि बढेमा मात्र जनताले चाहेको जस्तो विकास गर्दै मुलुकलाई अघि बढाउन सकिने सचेतक गुरुङको भनाइ थियो । (रासस)

प्रतिक्रिया दिनुहोस्