समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक पहिलो पटक बस्दै



२१ साउन २०७७ काठमाडौं । पार्टी एकतापछि जनता समाजवादी पार्टीको पहिलो केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार बस्दैछ। उक्त बैठकमा केन्द्रीय कार्यकारिणी समितिका ५१ जना सहभागी हुनेछन्।

नेता केशव झाका अनुसार बैठक आज दिउँसो १ बजेदेखि बालकुमारीस्थित तुलसीलाल प्रतिष्ठानको हलमा बस्नेछ। तुलसीलाल अमात्य नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता हुन्।

तत्कालीन समाजवादी पार्टी नेपाल र राजपा नेपालबीच एकीकरणपछि जनता समाजवादी पार्टी बनेको हो। उक्त पार्टीमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव छन्।

 

प्रतिक्रिया दिनुहोस्