चापाबोट माविको व्यवस्थापन समितिको अध्यक्षमा पुनः पुर्णमान लामा



शंखरापुर नगरपालिका वडा नं. १ नाङ्लेभारे स्थित एकमात्र मातृ विद्यालय श्री चापाबोट माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः युवा समाजसेवी पुर्णमान लामा सर्वसम्मत चयन भएका छन् ।

यो सँगै शौक्षिक सुधारका निमित्त लागि परिरहने अध्यक्ष लामाले तेस्रो पटक कार्यकाल सम्हालेका हुन् । विद्यालयको पूर्व विद्यार्थी समेत रहेका अध्यक्ष लामाले केही वर्ष विद्यालयमा नीजि श्रोतको शिक्षक बनेर विद्यालयलाई योगदान गरेका थिए ।

पुर्णमान लामा अध्यक्ष रहेको विद्यालय व्यवस्थापन समितिको सदस्यमा गोमा ढुंगाना, कमला तामाङ, सन्त बहादुर तामाङ, पुर्णमान तामाङ चयन भएका छन् ।

शंखरापुर वडा नं. १ का वडा अध्यक्ष तथा पदेन सदस्य श्याममणि ढुंगानाले नवगठित कार्यसमिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्