तराई मधेशका विपन्न तथा अति विपन्नको लागि छिट्टै ठोस कार्यक्रमको व्यवस्था होस् : अध्यक्ष डा. दत्त



मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले तराई मधेशका अति विपन्न परिवारहरुको लागि छिट्टै ठोस नीति तथा कार्यक्रमको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । आयोगको कार्यालयमा भूमी समस्या सम्बन्धी समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीसँगको भेटवार्तामा अध्यक्ष डा.दत्तले भूमीमा रहेको दोहोरो स्वामित्वतालाई पनि हटाउन आयोगलाई आवश्यक कदम चाल्न अनुरोध गरेका छन् ।

अध्यक्ष डा.दत्तले सडक पेटीमा घर बनाएकाहरुलाई घर निर्माण सहित भूमी वा जग्गा व्यवस्थापन गर्नका लागि समेत आयोगले प्रभावकारी भूमिका खेल्नुपर्ने सुझाव दिएका छन् ।

अध्यक्ष डा.दत्तले आगामी दिनमा समेत मधेशी आयोगको तर्फबाट आयोगको कार्यक्रमहरुमा पूर्ण साथ र सहयोग रहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्