भरुवा बन्दुकको छर्रा लागेर मृत्यु



बाग्लुङ । गलकोट नगरपालिका-१० पाण्डबखानी बस्ने १५ बर्षीय मिलन मगरको भरुवा बन्दुकको छर्रा लागेर सोमबार साँझ मृत्यु भएको छ ।

मिलन लगायत ६ जना सोही ठाउँस्थित रमुवा जङगलमा गाईबस्तु हेर्न भनी साथमा भरुवा बन्दुक समेत लिएर गएकोमा उक्त भरुवा बन्दुक अचनाक पड्किँदा मिलनलाई छर्रा लाग्दा घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गलकोटबाट खटिएको प्रहरीले मिलनसँग गएका ५ जनालाई भरुवा बन्दुक सहित नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्