सानो पाइलाद्वारा बीरगञ्जमा आईसोलेसन केन्द्र स्थापना



सामाजिक संस्था सानो पाइलाले कोभिडका बिरामीहरुको उपचारका लागि आईसोलेसन केन्द्र स्थापना गरेको छ । स्थानीय प्रशासन तथा सम्बन्धित निकायसँग को सहकार्यमा बीरगञ्जस्थित कलवार धर्मशालामा ४० शैया क्षमताको आईसोलेसन केन्द्रको स्थापना गरेको हो ।

नेपाल सरकार र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्ड अनुसार बनाईएको आईसोलेसन केन्द्रलाई सानो पाइलाले मंगलबार बाट सञ्चालनमा ल्याएको जनाएको छ । नारायणी अस्पताल, जिल्ला प्रशासन कार्यालय, र जिल्ला प्रहरी कार्यालय पर्साको प्रत्यक्ष निगरानीमा रहने यस आईसोलेसन केन्द्रमा अंग्रपंक्तिमा रहेर काम गर्दै संक्रमित भएका प्रहरी र सेनाका जवानहरुलाई राखिने छ ।

महामारी नियन्त्रणमा सरकारलाई सहयोग पुर्याउने उदेश्यले आईसोलेसन केन्द्र सञ्चालनमा ल्याएको सानो पाइलाका प्रमुख कार्यकारी अधिकृत कञ्चन झाले बताए । “यतिबेला सरकारी संयन्त्र मात्रै एक्लैको प्रयासले यो महामारी पार लगाउनु कठिन छ,“ सानो पाइलाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत झाले भने “यस्तो परिस्थितीमा देश-विदेशमा रहेका नागरिकले राज्य संयन्त्रलाई सघाउने माध्यम सानो पाइला बनेको छ ।” उनका अनुसार सानो पाइलाले समुदायको सहयोग समुदायसम्म पुर्यौउन साँघुको काम गरिरहेका छ ।

नारायणी अस्पतालको चिकित्सकिय निगरानीमा आईसोलेसन केन्द्र सञ्चालन हुने जनाइएको छ । आईसोलेसनमा रहने बिरामीरुका लागि व्यक्तिगत आधारभुत दैनिक सामाग्रीहरुको व्यवस्था गरिएको संस्थाका कार्यक्रम तथा सेवा प्रमुख रौनक राज सर्राफले बताए ।

प्रतिक्रिया दिनुहोस्