गृहमन्त्रीका स्वकिय सचिव तामाङद्धारा माओवादी लडाकुलाई सहयोग



सशस्त्र द्वन्द्वमा बन्दुकको छर्रा लागेर गम्भीर बिरामी भएका सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–५ सुनखानीका माओवादीका पुर्व लडाकुलाई उपचारका लागि पुर्व वाईसियल नेपाल का नेताकार्यकर्ताहरुले आर्थिक सहयोग गरेका छन ।

युद्धका क्रममा बन्दुकको छर्रा मुखमा लागेपछि घाइते भएका पूर्व लडाकु नैनबहादुर तामाङको त्यही घाउ बल्झिएर क्यान्सर भएपछि आर्थिक अभावमा उपचार गर्न समस्यामा थिए । सञ्चार माध्यम र सामाजिक सञ्जालमा क्यान्सर रोगबाट पीडित भएपनि उपचारका लागि राज्यले बेवास्त पुर्व माओबादीहरु बिभिन्न जिल्लाबाट सहयोग आईरहेका बेला वाईसियल नेपालका नेताकार्यकर्ताहरुले आर्थिक सहयोग स्वरुप १ लाख ७५ हजार ५ सस रुपैया भत्तपुर उनकै निवासमा गएर सहयोग हस्तान्तरण गरेका छन ।

गृहमन्त्रालयको तर्फबाट ५ लाख नगद लिएर  नेपाल सरकारका गृह मन्त्रीका स्वकिय सचिब समेत रहेका सुदिप तामाङ सहयोग गर्न पुगेका थिए ।

तमाङको साथमा कसम गुरुङ, दिनेश थपलिया आक्रोश, धनकुमार मैनाली, राज घिमिरे, सुबिन ढुङ्गाना लगायतका नेता कार्यकर्ताहरु सहयोगका लागि पुगेका थिए ।

२०६० सालमा भोजपुरमा रहेको नेपाल टेलिकमको रिपीटर टावरमा तैनाथ तत्कालीन शाही नेपाली सेनामाथि आक्रमणको बेला तामाङको मुखमा छर्रा लागेको थियो । माओवादीमा नै कार्यरत स्वास्थ्यकर्मीहरुले त्यतिबेला सामान्य उपचारपछि उनी ठिक भएपनि त्यही घाउ बल्झिदै जाँदा क्यान्सर भएको तामाङको आफन्तले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्