मजदुर युवा कमिटी सुदुरपश्चिम प्रदेशको पहिलो भेला कैलालीमा सम्पन्न



प्रकाश योगी
२० साउन २०७७, काठमाडौं । कैलाली अखिल नेपाल ट्रेड युनियन महासंघ मजदुर युवा कमिटी सुदुर पश्चिम प्रदेशको पहिलो भेला आज अत्तरिया कैलालीको होटेल नमस्तेको सभा हलमा सम्पन्न भएको छ ।

संसारका मजदुरहरु एक हौऔ भन्ने मुल नारा बोकेर सुरु भएको कार्यक्रमको सभा अध्यक्ष मजदुर युवा कमिटि सु.प.प्रदेश संयोजक उपेन्द्र ठकुराठी प्रमुख अतिथिमा अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रिय सचिब सु.प. इन्चार्ज नरहरी नाथ योगी अतिथीमा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य जगदिश सेटी बम बहादुर कठायत रहनु भएको थियो ।

कार्यक्रम को सन्चालन ट्रेड युनियन महासंघका जिल्ला सचिब मुकेस रैकाले गर्नु भएको थियो । अब युवा मजदुरहरु एक जुट नभए परिबर्तन असम्भव रहेकोले अब युवा मजदुरहरु एक जुट हुन पर्ने बेला भएको महासंघका केन्द्रीय सदस्य जगदिश सेटिले मन्तब्यका क्रममा भन्नू भयो ।

उहाँले थप्दै भन्नूभयो ठुला कलकारखानाका मालिकले मजदुरले पाउने तोकिएको पारिश्रमिक पनि नदिने भएकाले अब तेस्ता कम्पनीहरु लाई युवाले नै कार्बाही गर्नु पर्ने जिकिर गर्नुभयो ।

यस्तै मन्तब्यका क्रममा प्रमुख अतिथी अखिल नेपाल ट्रेड युनियन महासंघ का केन्द्रीय सचिब सु.प इन्चार्ज नरहरी नाथ योगिले संगठन बिस्तारका बारेमा बोल्दै युवा मजदुरहरुको पैसा खाने ठेकेदार पैसा कम दिने कम्पनी कल कारखानाहरु लाई युवाले नै ठिक ठाउँमा राख्नु पर्ने भनाइ राख्नु भएको थियो । उक्त भेलाले उपेन्द्र ठकुराठीको अध्यक्षतामा २९ सदस्यीय सु.प.मजदुर युवा कमिटी पनि सर्ब सम्मत रुपमा चयन गरेको छ ।No description available.

प्रतिक्रिया दिनुहोस्