प्रधानमन्त्रीलाई देउवाले भने – “लिएका सुझाव कार्यान्वयन गर्नुहोस्”



२० साउन २०७७, काठमाडौं । प्रधानमन्त्रीसँगले बोलाएको कोरोनाको जोखिम नियन्त्रण र रोकथामबारेको परामर्शमा सहभागी भएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा बाहिरिएका छन् ।

परामर्शमा आफ्ना धारणा राखेर देउवा बाहिरिएको बालुवाटार स्रोतले जानकारी दिएको छ । परामर्श बैठकमा उनले आफूहरुले राखेको सुझाव कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । उनले सुझाव लिने मात्र नभइ कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।

देउवाले कोरोना नियन्त्रणमा सरकारले आफूहरुले दिएको सुझाव अनुसार काम नगर्दा भयाबह स्थिति आउन लागेको भन्दै सरकारका कामकारवाही प्रभावकारी हुन नसकेको बताएका थिए ।

बैठकपछि बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले भने, ‘हामीले सुझाव दिएकै छौँ । हामीले दिएको सुझाव नमान्ने । अनि फेरि सुझाव लिन किन लाउनुपर्यो ?’ उनले सरकार कोरोना र बाढीपहिरो नियन्त्रण तथा राहत र उद्दारमा खटिनुको साटो सत्ताको खिचातानीमा मात्रै रमाउने गरेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्