दार्चुलामा लागुऔषधसहित एक जना पक्राउ



२० साउन २०७७, दार्चुला । जिल्ला प्रहरी कार्यालयले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । दार्चुला सदरमुकाम खलङ्गास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुल सोमबार सञ्चालनमा आएपछि महाकाली नगरपालिका–४ का ३५ वर्षीय राजेश निरौला पक्राउ परेका हुन् ।

पुल खुला भएका समयमा भारतको धार्चुलाबाट लागुऔषध लिएर आएका निरौलालाई जाँचका क्रममा पक्राउ गरिएको प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए । धार्चुलामा कोरोना सङ्क्रमणबाट मृत्यु भएका एक नेपालीको दाहसंस्कारमा सहभागी हुन पुल सञ्चालनमा ल्याइएको थियो । पुल खुलेसँगै दार्चुला र धार्चुलाबाट स्थानीयवासीको पुलमा आवतजावत बढेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्