नेकपा शंखरापुरको अध्यक्षमा मधु केसी र सचिवमा रामकुमार तिवारी



२० साउन २०७७, काठमाडौँ

शंखरापुरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । नेकपा केन्द्रीय सदस्य तथा नेकपा काठमाडौँ जिल्ला अध्यक्ष कृष्ण राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

अध्यक्षमा मधु केसी र सचिवमा रामकुमार तिवारीको ८१ सदस्यीय रहेको उक्त कमिटीले अन्य केही पदाधिकारी र सदस्यहरु पछि चयन गर्नेगरी कमिटी टुङ्ग्याइएको छ ।

काठमाडौँको निर्वाचन क्षेत्र नम्बर २  अन्तर्गत पर्ने शंखरापुर नगरपालिकाको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सपथ ग्रहण कार्यक्रम श्रावण १७ गते भव्य र सभ्य समारोहबीच संपन्न भएको छ। जर्सिङपौवाको सामुदायिक भवनमा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रममा बागमती प्रदेश कमिटिका सचिवालय सदस्य प्रकाश गौतम, नेकपा काठमाडौँ जिल्ला कार्यालय सदस्य महेश्वर फुयाँल (विवेक), रामशरण ढुंगाना, नेकपा काठमाडौँका सचिवालय सदस्य क्रमश रामप्रसाद खनाल (वसन्त), सृजन शर्मा, कृष्ण राज सुवेदी लगायत जिल्ला सदस्यहरूको उपस्थिति रहेको जानकारी राष्ट्रिय युवा संघ नेपाल काठमाडौँ जिल्ला सदस्य सुरेन्द्र दाहालले परिवर्तन खबरलाई गराए ।

प्रतिक्रिया दिनुहोस्