बालुवाटारमा विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री, विपक्षी दलका नेता पनि सहभागी



२० साउन २०७७, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि विज्ञहरुसँग छलफल थालेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा विभिन्न क्षेत्रका विज्ञ तथा प्रमुख प्रतिपक्ष दलका नेताहरु समेत सहभागी छन् ।

छलफलमा काँग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी दलका महन्त ठाकुर पनि सहभागी छन् । मुलुकमा पछिल्लो समय कोरोना भाइरसका संक्रमित बढ्दै गएका छन् ।

सरकारले लकडाउन खुला गरेपछि संक्रमण फैलिएको भन्दै विज्ञहरुले पुनः लकडाउन गर्नुपर्ने सुझाव दिँदै आएका छन् । सरकारले विज्ञहरुको राय बुझेर लकडाउन गर्ने या नगर्ने भन्ने निर्णय गर्ने तयारी गरेको छ ।

गत साउन ६ गते सरकारले लकडाउन अन्त्यको घोषणा गरेको थियो। लकडाउन अन्त्यको घोषणा गरे पनि संक्रमण बढ्दै गइरहेका ठाउँमा स्थानीय तहले कहीँ निषेधाज्ञा गरेको छ भने कहीँ लकडाउन गरेको छ।

प्रतिक्रिया दिनुहोस्