सुनको मुल्यमा नयाँ रेकर्ड कायम, तोलामा कति पुग्यो ?



२० साउन २०७७, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ९९ हजार ८०० पुग्दै नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा ९९ हजार ८०० पुगेको हो ।

यस्तै तेजावी सुन तोलामा ९९ हजार ३७५ रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदी तोलामा १ हजार २३० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्