गोरखामा पहिरोले पुरिएर सडक मजदुरको मृत्यु



१९ साउन २०७७, गोरखा । बेनिघाट – आरुघाट लार्के सडक निमार्णको क्रममा पहिरो खसेर एक कामदारको मृत्यु भएको छ । कामको सिलसिलामा धार्चे २ तातोपानीको पुलपारी जंगलमा पुरिएर चितवनका महेन्द्र बर्तौलाको मृत्यु भएको हो ।

‘घटनास्लथमा प्रहरीले मुचुल्का गर्ने काम बाँकी छ’ उक्त सडक निर्माण कार्यदलका प्रमुख नेपाली सेनाका मेजर निसान्त क्षेत्रीले भने ।

आइतबार बिहान ति मजदुरको मृत्यु भएको उनले बताए । प्रहरी पुगेपछि घटनास्थलबाट शव पोष्टमार्टम गर्न आरुघाट ल्याईने र आफन्तलाई जिम्मा लगाईने सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्