अवैध लागूऔषध सहित पक्राउ



१८ साउन २०७७, बाँके

नेपालगंज उपमहानगरपालिका-१३ गौरिपुरुवा बस्ने २८ वर्षीय छोटु लोनियालाई अवैध लागूऔषध ४ ग्राम ब्राउनसुगर सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मोरङ, पथरीशनिश्चरे नगरपालिका-६ भातेगौंडा बस्ने ३२ वर्षीय बर्जमोहन यादब र सोही नगरपालिका-४ बस्ने १८ वर्षीय किशोरलाई १ केजी अवैध लागूऔषध गाँजा र नगद ८ हजार १ सय ५० रुपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बर्जमोहनले लागूऔषध गाँजा बिक्री बितरण गर्ने गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले घर खानतलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरुको साथबाट को.२२ प ५४७३ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्