भीमफेदी कारागारबाट फरार कैदी ९ महिनापछि पक्राउ



१८ साउन २०७७, काठमाडौं । भीमफेदी कारागारबाट फरार कैदीलाई मकवानपुर प्रहरीले ९ महिनापछि पक्राउ गरेको छ । कारागारबाट २०७६ कात्तिक ३० गते फरार भएका कैदीलाई प्रहरीले पूर्वी नवलपरासीको रजहर पुल नजिकैबाट पक्राउ गरेको हो ।

२०७१ सालमा चितवनका रोजिन गुरुङको हत्यामा संलग्न रहेको ठहर गर्दै जन्मकैद सजाय तोकिएका सुनसरीका कुलदीपराज धामीलाई पक्राउ गरेको हो । कञ्चनपुरबाट चितवनतर्फ आउँदै गर्दा रजहरबाट उनलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले बताए ।

पक्राउ परेका धामीलाई सजाय भुक्तानको लागि भीमफेदी कारागार पठाइने उनले बताए । कैदजीवन बाँकी नै रहँदा फरार भएका उनले पक्राउ परेपछि बाँकी कैदको डेढ गुणा बढी सजाय भोग्नुपर्ने प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । झण्डै ९ महिनापछि पक्राउ परेका धामीलाई पत्रकार सम्मेलन गर्दै प्रहरीले सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्