रोटरी क्लव अफ पशुपतिको अध्यक्षमा शालिकराम अधिकारी (फोटो फिचर)



Rotary Club of Pashupati

१७ साउन २०७७, काठमाडौं

रोटरी क्लब अफ पशुपतिको २३ औँ पदस्थापना दिवसको अवसरमा समाजसेवी शालिकराम अधिकारी रोटरी क्लव अफ पशुपतिको अध्यक्ष भएका छन् । सन २००९ बाट रोटरी क्लबमा आवद्ध भएका शालिकराम अधिकारीले २०२०-२१ रोटरी क्लवको नेतृत्व पाएका हुन् ।

निवर्तमान अध्यक्ष हर्क साउदले शुक्रबार एक कार्यक्रमकाबीच वर्तमान अध्यक्ष शालिकराम अधिकारी पदभार हस्तान्तरण गरेका छन् । उक्त कार्यसमितिका प्रेसिडेण्ट इलेक्ट शालिकराम अधिकारी रोटरी क्लवको पकृया अनुसार प्रेसिडेण्ट बनेका हुन् ।

कार्यक्रममा मेजर डोनर लेवल २ हरिभक्त बुढाथोकी, मेजर डोनर लेवल वान चुम्बनजङ्ग शाही र शसिराज पाण्डेलाई क्लबका निवर्तमान अध्यक्ष हर्क साउदले सम्मान गरेका थिए ।

पदभार ग्रहण गर्दै रोटरी क्लव अफ पशुपतिका अध्यक्ष शालिकराम अधिकारीले क्लबको विद्यि, पद्धति र सिद्धान्त अनुसार विगतका कामहरुको संस्थागत गर्दै थप रचनात्मक काम गर्ने योजना रहेको जानकारी गराए ।

रोटरी क्लब अफ पशुपतिको नयाँ कार्य समिति :
अध्यक्ष :
शालिकराम अधिकारी
निवर्तमान अध्यक्ष : हर्क बहादुर साउद
उपाध्यक्ष : सजल मास्के
सचिव : मिलन कुमार केसी
प्रेसिडेन्ट इलेक्ट : भुवनसिंह कुँवर
प्रेसिडेन्ट नोमिनी : सूर्यबहादुर अधिकारी
पूर्व अध्यक्ष तथा ट्रेनर : चुम्बनजंङ्ग शाही
पूर्व अध्यक्ष तथा ट्रेनर : दुर्गा सुवेदी
पूर्व अध्यक्ष तथा टिआरएफ चेयर : राजेश न्यौपाने
सर्भिस प्रोजेक्ट चेयर : सशिराज पाण्डे
क्लब एडमिन चेयर : दिपेन्द्र बाँस्कोटा
मेम्बरसिप चेयर तथा सहसचिव: गणेश सुवेदी
पब्लिक रिलेशन चेयर : तेज प्रसाद तिमसिना
युथ सर्भिस चेयर : मनोज पौडेल
कोषाध्यक्ष : योगेन्द्र ओझा
सम्पादक : अनित थपलिया
सार्जन एट आम्स : उमेश सिटौला
मिडिया कोअर्डिनेटर : ध्रुव प्रसाद घिमिरे

क्लबमा ६ जना नयाँ सदस्य थपिए
केदार न्यौपाने
गिरिराज खत्री
टिकाराम सापकोटा
बन्दना खनाल सुवेदी
चिरन्जीबी भट्टराई
नवराज गिरी

रोटरी क्लब ३२९२ का पूर्व डिस्ट्रिक गभर्नर चिन्तामणी भट्टराईको प्रमुख आतिथ्यतामा भएको पदभार हस्तान्तरण तथा ग्रहण कार्यक्रममा एजी बिरेन्द्रराज पाण्डे, डिष्ट्रिक ट्रेनर राजेन्द्र शाक्य, डिष्ट्रिक अफिसियल विष्णु कार्की लगायतका विशिष्ट व्यक्तिहरु सहभागी रहेका थिए । अन्य डिष्ट्रिक अफिसियलहरुले जुम मार्फत सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्