भ्रामक प्रचारप्रसार बारे गम्भीर ध्यानकर्षण गराउँदै नेकपा रुकुम पश्चिमद्वारा प्रेस विज्ञप्ती जारी



१६ साउन २०७७, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुकुम पश्चिमले आठबिसकोट नगरपालिका वडा नं ३ खदीबाट सिस्ने हिमाल बिल्डर्स निर्माण कम्पनीमा कार्यरत सन्देश भनेर चिनिने गोरख पुनको अपहरणको बिषयलाई जोडेर गरिएको भ्रामक प्रचारप्रसारबारे विशेष ध्यानाकर्षण गराएको छ ।

घटनामा जनप्रीय पार्टीको कुनै पनि सहभागिता र संलग्नता नरहेको बारे आम जनसमुदायलाई बिज्ञप्ती मार्फत जनाईएको छ । सम्बन्धित निकायलाई सत्यतथ्य छानबिन गर्न, गोरख पुनको अवस्था सार्वजनिक गर्न र दोषीउपर कारवाही गर्न समेत नेकपा रुकुम पश्चिमले जारी प्रेस विज्ञप्ती मार्फत अनुरोध गरेको छ ।

जारी विज्ञप्तीमा नेकपाले समेत घटनाबारे छानबिन गरिरहेकोले छिट्टै जनताको माझ सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुकुम पश्चिमद्वारा जारी प्रेस विज्ञप्ती :

प्रतिक्रिया दिनुहोस्