बहु–आयामिक शैक्षिक कार्यक्रमका साथ काठमाडौंमा मनास्लु वर्ल्ड कलेज



१७ साउन २०७७, काठमाडौं

बहु–आयामिक शैक्षिक कार्यक्रमहरु लिएर काडमाडौंको मुटु शैक्षिक हब चावहिल चुच्चेपाटी स्थित पासाङ ल्हामु शेर्पाको शालिकबाट करिव १०० मिटर अगाडि मनास्लु वर्ल्ड कलेज स्थापना भएको छ ।

युवा उद्यमीहरुद्वारा स्थापित मनाश्लु टिम अफ इन्टरप्रिनर प्रालिद्वारा संचालित मनास्लु वर्ल्ड कलेज बहु–आयामिक शैक्षिक कार्यक्रमहरु लिएर आधुनिक प्रतिस्पर्धी  विश्व बजारमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ स्थापना गरिएको संस्थापक अध्यक्ष गेन्द्र लामा बताउँछन् ।

कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई विश्व बजारको कुनै पनि क्षेत्रमा नेतृत्वदायी भूमिकामा रही काम गर्न सक्ने किसीमले तयार पारिने मनाश्लु टिम अफ इन्टरप्रिनर प्रालिका अध्यक्ष गेन्द्र लामाले बताए । उनले भने, ‘अहिले प्रविधिको गतिशिलतालाई ध्यानमा राखेर अध्यापन गराउनुपर्ने हुन्छ । नवितम प्रविधिको उच्च प्रयोग गरि विद्यार्थीमा अब्बल क्षमता निर्माण गर्ने विभिन्न योजना सहित स्थापित महत्वपूर्ण शैक्षिक गन्तव्य मनास्लु वर्ल्ड कलेज शिक्षा क्षेत्रमा लामो अनुभव संगालेर अध्यापन गराइरहेका तथा लामो समयदेखि विभिन्न स्कूल कलेज संचालन गरि आफ्नो क्षेत्रमा ख्याति कमाएका शिक्षासेवी तथा प्राध्यापकहरुको हब बन्नेमा म विश्वस्त छु ।’

अहिलेका विद्यार्थीहरु हरेक प्रकारले सिर्जनशील र व्यवहारिक हुनुपर्ने देखिन्छ । उनीहरुमा अध्ययन सकिएपछि आफैंले विभिन्न व्यवसाय संचालन गर्न सक्ने क्षमता हुनुपर्छ, यसैका लागि आफूहरु लागि परिरहेको कलेजका प्रिन्सिपल राजन श्रेष्ठ बताउँछन । उनी भन्छन्, ‘हामीले यस कलेजका विद्यार्थीहरुलाई उद्यमशील बन्न उत्प्रेरित गर्नुका साथै टिम वर्क गरि व्यवसाय गर्न र प्राविधिक विषयमा अब्बल र बौद्धिक हुनमा जोड दिनेछौं ।’

जीवनका लागि शिक्षा दिइनुपर्छ भन्ने मान्यताका आधारमा नयाँ प्रकारको सोच र चिन्तन राखेर स्थापना भएको मनाश्लु वर्ल्ड कलेजमा विभिन्न उद्यमशिलता तथा व्यापारिक क्षेत्रमा क्रियाशील संस्थाहरु समेत जोडिएका छन् ।

प्रतिक्रिया दिनुहोस्