‘अन्तर्राष्ट्रिय कफि ब्रान्ड स्टारबक्स’को प्रतियोगितामा नेपाली युवा विजयी



Nirman Kafle

१७ साउन २०७७, काठमाडौं

‘अन्तर्राष्ट्रिय कफी ब्रान्ड स्टारबक्स’ले आयोजना गरेको मीडल इस्ट तथा नर्थ अफ्रिका स्तरको नलेज च्याम्पियनसिप २०२० (Knowledge Championship-2020) को उपाधि नेपाली युवा निगम काफ्लेले पाएका छन् ।

यहि मे मा भएको प्रतियोगितामा निगमले यस वर्षको प्रथम स्थान हासिल गरेका छन् । उनी कुवेत देशको स्टारबक्समा विगत १८ महिना देखि कार्यरत छन् । प्रतियोगितामा १० देशका १५ रिजनल बिजयीहरुले भाग लिएका थिए । कोरोना महामारीका कारण अनलाइन माध्यमबाट प्रतियोगिता संचालन भएको थियो ।

शुक्रबार उपाधिको प्रमाण–पत्र प्राप्त गरे पछि खुशी ब्यक्त गर्दै उनले जितले अझै हौसला प्राप्त गरेको बताएका छन् । २५ वर्षिय निगम स्टारबक्स अन्र्तगत (अलशाय गुप) मा कफी मास्टरका रुपमा कार्यरत छन् ।

स्टारबक्स संसारकै ठूलो कफी कम्पनी हो जसको ३० हजार भन्दा शाखाहरु रहेका छन् । नेपालमा भने स्टारबक्सको प्रबेश भएको छैन ।

प्रतिक्रिया दिनुहोस्