
१६ साउन २०७७, काठमाडौं
त्रिवेणी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष राजेन्द्र पुनको नेतृत्वमा क्यान्सर पिडित पूर्वलडाकु नैनबहादुर तामाङ (जमिन) लाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।
तत्कालिन युद्धमा घाइते भएका सुनकोशी गाउँपालिका वडा नं. ५ सिन्धुपाल्चोक सुनखानीमा जन्मिएका नयन बहादुर तामाङले आर्थिक अभावका कारण क्यान्सर जस्तो भयानक रोगसँग लडिरहेका छन् । उनले समयमै युद्धमा लागेको छर्रा ननिकाल्दा यो अवस्था सिर्जना भएको हो ।
पूर्व जनमुक्ति सेना तथा वडाध्यक्ष पुनले क्यान्सर पिडित तामाङको सहयोगार्थ छब्बिस हजार छ सय पन्ध्र रुपैंयाँ आईएमई मार्फत पठाएका हुन् ।