कैलालीमा बाढीले बेपत्ता बनाएको २ जनाको शव फेला



१६ साउन २०७७ काठमाडौं । कैलालीमा अविरल बर्षाका कारण आएको बाढीले बेपत्ता बनाएको २ जनाको शब फेला पारेको छ । बुधबार आएको अविरल बर्षाका कारण आएको बाढीले बेपत्ता भएका ३ जनामध्ये २ जनाको शव प्रहरीले फेला पारेको हो ।

बाढीमा बेपत्ता भएका भजनी नगरपालिका ८ बस्ने बर्ष ४० का ईश्वर शाहको शब शुक्रबार फेला परेको हो भने बिहिबार स्केल चौधरीको शब फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

शाहको शब बेपत्ता भएको ठाउँबाट १ किलोमिटर तल पथरैया र गौराखोलाको दोभान नजिक झाडीमा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एबं प्रहरी नायब उपरिक्षक प्रतिक बिस्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्