सांसद सिटौलाद्धारा पद तथा गोपनीयताको सपथ (तस्बिरहरु)  



१४ साउन २०७७, काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद लीलादेवी सिटौलाले सपथ लिएकी छन् । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले बुधबार दिउँसो संघीय संसदको प्रतिनिधिसभाको समानुपातिकमा नवनिर्वाचित सांसद सिटौलालाई सभामुख अग्नि प्रसाद सापकोटाले पद तथा गोपनियताको सपथ दिलाएका हुन् ।

गत असार २३ गते जनता समाजवादी पार्टीले सरिता गिरीलाई पार्टी र सांसद् पदबाट बर्खास्त गरेको थियो । गिरीले नेपालको भूभाग लिम्पियाधुरालाई अस्वीकार गर्दै नेपाल, भारत र चीनबीचको सम्बन्धमा खलल पुग्ने विवादास्पद अभिव्यक्ति दिँदै आएकी थिइन् । त्यसपछि समाजवादी पार्टीले सिटौलाको नाम सिफारिस गरेपछि निर्वाचन आयोगले उनलाई निर्वाचित भएको घोषणा गरेको थियो ।

उनको सपथ ग्रहण कार्यक्रममा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता बाबुराम भट्टराईलगायतका नेताहरुले बधाइ तथा शुभकामना दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्