बूढानीलकण्ठमा प्राविधिक तालिम केन्द्र बनाउँदै कतार च्यारिटी



१३ साउन २०७७, काठमाडौं

नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले आइतबार (आज) बूढानीलकण्ठ नगरपालिकामा कतार च्यारिटीले बनाउन लागेको प्राविधिक तालिम केन्द्र उद्घाटन गरेका छन् ।

प्राविधिक तालिम केन्द्र निर्माण गर्नको लागि करिब ३ महिना अघि नै कतार च्यारिटी र नेपाल सरकार समाज कल्याण परिषद बीच सम्झौता भएको थियो । शिलान्यासपछि औपचारिक रुपमा प्राविधिक  तालिम केन्द्रको  काम सुरु भएको कतार च्यारिटीका सिभिल इन्जिनियर अमिर फैसलले  बताए ।

प्राविधिक तालिम केन्द्र बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३ मा निर्माण हुन् लागेको हो । तालिम केन्द्रको लागत करिब १ करोड १२ लाख रुपैयाँ रहेको छ । निर्माण कार्य सुरु गरेको ६ महिनामा तालिम केन्द्र निर्माण सम्पन्न गरिने कतार च्यारिटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्