समाज कल्याण परिषद्को उपाध्यक्षमा डा. खतिवडा र सदस्य सचिवमा पुष्कर खाती



१३ साउन २०७७, काठमाडौं

लामो समयदेखि रिक्त रहेको समाज कल्याण परिषद्को उपाध्यक्षमा डा. पद्म प्रसाद खतिवडा र सदस्य सचिवमा पुष्कर खाती नियुक्त भएका छन् ।

यसैगरी सदस्यहरुमा, गोबिन्दबहादुर शाही, डा. ब्रम्हध्वज गुरूङ, डा. मनीराम बञ्जाडे, शुसील ज्ञावली र नानीमाया थापा रहेका छन् ।

विगतमा विवादित रहेको सामाजिक संस्थाको अनगुमन र परिचालन गर्ने समाजकल्याण परिषद् बिबादित र कमजोर हुदै गएको थियो । नेपाल सरकारले नियुक्त गरेका पदाधिकारी तथा सदस्यहरु नेपालको नागरिक आन्दोलन, नागरिक संगठन र संघ–संगठनको अधिकारलाई संरक्षण र सम्बर्द्धन गर्ने बिषयमा लामो समयदेखि क्रियाशील व्यक्तिहरु रहेका छन् ।

सामाजिक रूपान्तरण, सरकारले निर्धारण गरेका मानवअधिकार र सामाजिक न्याय सहितको समृद्धि र सुखका राष्ट्रिय लक्ष्य, गन्तव्य र परिमाणात्मक सुचकहरूलाई हासिल गर्न नागरिक सहभागीता र साझेदारी आबश्यक छ भन्ने कुरा सरकारले पन्ध्रौं योजनामा समावेश गरिसकेको छ । नागरिक क्षेत्रको नियामक निकायको रूपमा रहेको समाजकल्याण परिषदको गठन प्रक्रियालाई सरकारले पूरा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्