नेता वा नेतृत्वले पार्टी, आन्दोलन र समस्या स्पष्ट बुझ्नुपर्छ : संयोजक दीपशिखा



१३ साउन २०७७, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा दीपशिखाले आज बस्ने भनिएको पार्टी स्थायी कमिटी बैठक स्थगित भएपछि नेता वा नेतृत्वले पार्टी, आन्दोलन र समस्या स्पष्ट बुझ्नुर्ने धारणा राखेका छन् ।

उनले सामाजिक संजाल फेसबुकमार्फत पार्टी नेतृत्व र शिर्ष नेताहरुले गुटको मात्र नभएर समग्र पार्टी सदस्य तथा कार्यकर्ताहरुको भावना बुझ्नुपर्ने बताए । उनले फेसबुकमा, ‘कम्तिमा नेता वा नेतृत्वले पार्टी, आन्दोलन र समस्याका बारेमा आफु स्पष्ट हुनुपर्छ । आफै प्रष्ट हुनु भनेको गुटको मात्रै कुरा होइन, निकास दिनु पनि हो । नेकपाको अन्योलतामा केही सचिवालय सदस्य र केही स्थायी समितिका सदस्यहरुको ढुलमुले र अवसरवादी प्रवृति जिम्मेवार छ किनभने सघर्षत दुवै पक्षलाई उनीहरुबारे भ्रम परिरह्यो । यिनिमध्य कतिपय त दुबै पक्षका नेताको मझेरीमा पुगेर तिम्रै हुँ पनि भन्न शर्माउँदैनन् । सबै प्रष्ट हुने हो भने आआफ्ना पक्षका तागत प्रष्ट हुन्थो र समस्या समाधानतिर जान्थ्यो कि !’ भनी लेखेका छन् ।

राष्ट्रिय युवा संघ नेपालका संयोजक दीपशिखाको फेसबुक पोष्ट :

https://www.facebook.com/rpsdipshikhas/posts/3691181294230109

प्रतिक्रिया दिनुहोस्