‘संघर्षको उत्कर्ष, पार्टी एकताबद्ध हुने नयाँ आधार बन्ने छ’: जनार्दन शर्मा



janardan Sharma Prabhakar

१३ साउन २०७७, काठमाडौं

नेपाल कम्युष्ट पार्टी (नेकपा) नेता एवं पूर्वमन्त्री जनार्दन शर्मा प्रभाकरले संघर्षको उत्कर्ष पार्टी एकताबद्ध हुने नयाँ आधार बन्ने विश्वास लिएका छन् ।

आज बस्ने भनिएको स्थायी कमिटी बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सल्लाहबिना स्थगित गरे । सोहि कुरालाई ब्याङ्ग्यात्मक ढंगले पूर्व मन्त्री प्रभाकरले संघर्षको उत्कर्ष, पार्टी एकताबद्ध हुने नयाँ आधार बन्ने कुरालाई मध्यनजर गर्दै यस्तो बताएका हुन् ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीले आज बैठक बस्ने निर्णय गरेपनि विधान विपरित अर्का अध्यक्ष ओलीले स्थगित भएको सूचना प्रवाह गर्नु उचित नभएको बताए । पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको विधान विपरित ओलीले एकलौटी ढंगले बैठक स्थगित गर्नु अनुचित भएको जनाए ।

आजको बैठकमा स्थायी कमिटी सदस्यहरुले ओलीको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । बैठकमा २९ स्थायी समिति सदस्य र दुईजना आमन्त्रित सदस्य गरी ३१ जनाको सहभागिता रहेको थियो ।

पार्टी भित्र देखिएका तमाम खालका विवादहरुलाई व्याङ्यात्मक ढंगले प्रभाकरले समामाजिक संजाल मार्फत उनले लेखेका छन् ‘संघर्षको उत्कर्ष पार्टी एकताबद्ध हुने नयाँ आधार बन्ने छ ।’

विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक स्थायी कमिटीको बैठकको मिति तोक्नु र पटकपटक बैठक स्थगित गर्नु तत्पश्चात नेताहरुमा देखिएका असन्तुष्तिहरुले कतै पार्टी विभाजन तिर पो जान्छकि भन्ने नेता कार्यकर्ताहरुलाई विश्वस्त पार्न पार्टी भित्र बारम्बार छलफलका विषयले उत्कर्ष रुप लिने र छलफल पश्चात पार्टी एकताबद्ध हुने नयाँ आधार बन्ने छ भन्ने संदेश दिन खोजेको भन्ने बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस्