“प्रधानमन्त्रीले राजीनामा गरेर समस्याको हल हुदैंन” : गजुरेल



१३ साउन २०७७, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेललेले देशमा देखा परेका समस्या समाधानको बाटो प्रधानमन्त्री केपी ओलीको राजीनामा नभएको बताएका छन् ।

मंगलबार संवाद क्लब नेपालले काठमाडौंमा गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीले राजीनामा गरेर समस्याको हल नहुने बताए । नेता गजुरेलले प्रधानमन्त्री ओलीलाई राजीनामा गराएर हिजो सत्ताको नेतृत्व गरेका पात्र प्रचण्ड, माधव नेपाल, र शेरबहादुर देउवालाई सत्तामा ल्याउन खोज्नु समस्याको बाटो नभएर झन् दुर्घटनाको बाटो हुने बताए ।

अहिलेको संकट ल्याउनमा प्रधानमन्त्रीको दोष नभएको समेत गजुरेको दावी छ । अब राज्य संचालन गर्ने पात्र फेर्ने भन्दा पनि राज्यको अर्को नयाँ व्यवस्थाको लागि आन्दोलनको जरुरी रहेको उनको भनाइ छ ।

 

 

प्रतिक्रिया दिनुहोस्