पर्यटनमन्त्री भट्टराईले भने– “नेकपा दुर्घटना नजिक देखियो”



१३ साउन २०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पर्यटनमन्त्री योगेश भट्टराईले पार्टी दुर्घटना उन्मुख रहेको बताएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक स्थगित गर्दागर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकलाई निरन्तरता दिएपछि भट्टराईले यस्तो बताएका हुन् ।

‘दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔँ । सल्लाह गरौं’ भट्टराईले ट्वीटरमार्फत भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्