ओलीले स्थगित गरेपनि प्रचण्डले सुचारू गरे रोकिएको स्थायी कमिटी बैठक



१३ साउन, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोकिएको स्थायी कमिटी बैठक पुन: सुचारू गरेका छन्। यसअघि प्रधानमन्त्री ओलीइतरका स्थायी कमिटी सदस्यहरूले बालुवाटारमा बैठक सुरू गरेका थिए।

बैठकअघि ओलीसँग प्रचण्डसहित झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले छलफल गरेका थिए । तर कुरा नमिलेपछि प्रचण्डको अध्यक्षमा बैठक बसेको हो ।

बैठक सुरु हुनुअघि प्रचण्डले स्थायी समिति सदस्यहरुसँग आन्तरिक छलफल समेत गरेका थिए भने सो क्रममा प्रचण्डले बैठक स्थगितबारे आफूलाई कुनै जानकारी नरहेको बताएको एक नेताले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्