
१३ साउन २०७७, काठमाडौँ
पछिल्ला दिनहरुमा नेपालमा बलात्कारका घटना निकै आइरहेका छन् । यसैबिच हालैमात्र पनि धनुषा क्षिरेस्वनाथ नगरपालिकामा बस्ने १८ बर्षिया युवतीको बलात्कार भएको छ । पिसाब फेर्न गएकी छोरी निकै बेरसम्म नफर्केपछि परिवारले उनको खोजी सुरु गरेको थियो ।
नगरपालिकाको वडा नम्बर ३ कि दलित समुदायकी युवतीलाई स्थानीय कलाम राइनले घरबाटै लगी बलात्कार गरेको पीडित युवतीले बताएकी छन् । सोमबार राति १२ बजेतिर पिसाब फेर्न बाहिर निस्केकी युवतीलाई ३० बर्षीय राइनले जबर्जस्ती लगी बलात्कार गरेको पीडित परिवारको भनाइ छ ।
राइनले बिहान ३ बजे उनलाई घरमा ल्याइदिएको थियो । त्यसपछि युवतीले आफूमाथि जर्बजस्ती बलात्कार गरेको बताइन् । युवतीले बताउनासाथ उनका परिवार र आफन्तले तुरुन्त ती युवकको खोजी गरेर प्रहरीलाई बुझाइदिएका छन् ।
राइनलाई समात्ने क्रममा पिडितको परिवारले उनलाई कुटपित समेत गरेको प्रहरीले जनाएको छ । राइनलाई समातेपछि पिडित युवती र राइनलाई स्वास्थ्य परीक्षणको लागि अस्पताल पुर्याइएको जानकारी प्राप्त छ ।





