नेकपा स्थायी कमिटीको बैठक पुनः स्थगित



१३ साउन, काठमाडौं । आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक स्थगित भएको छ । आज ११ बजे हुने भनिएको पार्टी स्थायी कमिटीको बैठक स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यसअघिका बैठकहरु अध्यक्षद्वय बीचको छलफलमा सहमति जुट्न नसकेपछि स्थगित हुँदै आएको थियो । तर भोलिको बैठक स्थगित नहुने निष्कर्षमा प्रचण्ड–नेपाल समूह पुगेको थियो । सोबारेमा प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा भोलिको बैठक स्थगित नगर्ने निष्कर्ष निस्किएको छ ।

दुई अध्यक्षबीच छलफल भएपछि मात्र स्थायी कमिटीको बैठक बस्ने सहमति भएको छ । तर अहिलेसम्म अध्यक्षद्वयबीच संवाद हुन सकेको छैन ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले स्थायी कमिटीको बैठक बसाउन इच्छा देखाएका छैनन् । शीर्ष नेताहरुले अन्तिमपटक प्रधानमन्त्री ओलीसँग कुरा गर्ने र बैठक सञ्चालनका लागि नमाने अगाडि बढ्ने सुझाव दिएको खुमलटार स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्