‘कमलविनायकदेखि नगरकोट जोड्ने सडकको निर्माण कार्य छिट्टै सम्पन्न गर्छौँ’ : डिपी ढकाल



१२ साउन २०७७, काठमाडौँ

उपनिर्वाचनताका चुनावी सरगर्मी ह्वात्तै बढेसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुरका सचिव डिपी ढकालको जितको घोषणा गर्नलाई तम्तयार रहेको नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) चुनावी परिणामपछि पराजित व्यहोर्दा अलमलमा परेका नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) का नेता कार्यकर्ता फेरि जनतामाझ छाउने क्रम ह्वात्तै बढेको छ ।

तत्कालीन समयमा कमलविनायकको भत्केकोपाटीदेखि पर्यटकीय क्षेत्र नगरकोट जोड्ने सडक करिब ६ बर्ष पहिले नै सारदा प्रसाद अधिकारीले ठेक्का पारेर हालसम्म पनि सो बाटोको काम समयदेखि बन्न नसक्दा सडक प्रयोगकर्ताको बिजोगभएको कारण देखाउँदै मूल नारा नै त्यसैलाई बनाएर प्रतिपक्ष दल नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भंडेलले बाजी मारेसँगै जनतासँग गरेका बाचा जस्ताको तस्तै छन् । चुनावको बेला ढकालका प्रतिपक्षको भनाईलाई आधार मान्ने हो भने विकास निर्माणको सम्पूर्ण ठेक्का आफैले लिएको र ३ महिनामा पर्यटकीय क्षेत्र नगरकोट जोड्ने सडक लगायतका कामहरु पुरा गर्ने लगायतका प्रतिबद्धता चुनावी नारामै सिमित रहे ।

तर पराजित व्यहोरेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुरका सचिव डिपी ढकाल भने जनताको सेवामा रातोदिन अहोरात्र खटिरहेका छन् । ढकालसँग परिवर्तन खबरले संवादका आधारमा तयार पारेको स्थलगत रिपोर्ट ।

नेता कार्यकर्ता सहित डेलिकेशनको लागि सिंहदरवारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुगेको भक्तपुरको टोलीले उक्त सडक प्रयोग गर्न नसकिने अवस्था भएको जानकारी गराएका छ । उक्त अवसरमा चाँगुनारायण क्षेत्रबाट प्रदेश सभा सदस्यका लागि उम्मेदवार समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला सचिव डिपी ढकालले ठेक्का तोडेर नयाँ प्रक्रियामा जान पर्ने आवश्यकता औल्याएका थिए । ”छ वर्ष सम्म सम्झौता अनुरुप कार्य नगर्ने ठेकेदारको ठेक्का सम्झौता रद्द गरी नयाँ प्रक्रियामा जानुपर्यो ।” नेता ढकालले मन्त्रीसंग माग गरे । मन्त्री नेम्बाङ्गले आफू पनि यस विषयमा गम्भीर रहेको भन्दै नयाँ प्रक्रिया बाट छिट्टै सडकको स्तरोन्नति गर्ने प्रतिवद्धता प्रकट गरेका थिए । उक्त अवसरमा समाजसेवी राम तिमल्सिना,नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता विष्णु तामाङ्ग,सन्त बहादुर वाइवा वडा अध्यक्ष, पर्यटन व्यवसायी नबिन गुरुङ , धिरज तामाङ्ग र राजु सुबेदी लगायतकोसमेत सहभागिता रहेको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य एवं सांसद महेश बस्नेत, पार्टीका जिल्ला सहइन्चार्ज एवं चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र, जिसस प्रमुखसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सदस्य नवराज गेलाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजा, सचिव डीपी ढकाल लगायत नेताहरुले सडकको अवस्थाबारे मन्त्रीलाई उतिबेलै  जानकारी गराएका थिए । उक्त अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक दर्जन नेताहरु, जिल्लाका सीडीओ र एसपी समेत सहभागी रहेका थिए । मन्त्रलयका सचिव र सडक बिभागका महानिर्देशकसहितको विशेष सरकारी टोलीको नेतृत्व गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङ्गले गत पुसमा नै यस सडकको स्थलगत अनुगमन गरेका थिए ।

नेता कार्यकर्ताहरुसँगको छलफल पश्चात निर्माण कम्पनीलाई विशेष निर्देशन दिंदै मन्त्री नेम्बाङ्गले अब काम नगर्ने कुनै पनि बहाना स्वीकार नहुने चेतावनी दिएका थिए । जनताले ज्यादै नै सास्ती पाइसकेको गुनासो आएको बताउदै उनले काम नगरेर बहाना मात्र गर्ने निर्माण कम्पनीलाई आफ्नो कार्यकालमा उन्मुक्ति नहुने उद्घोष समेत गरेका थिए । ” हिजोको जस्तो अब चल्दैन । नयाँ परिस्थितिमा नयाँ ढंगले काम गर्नुस । कुनै पनि बहानामा काम रोक्ने र थपिएको समयमा सम्पन्न नगर्ने परिपाटी अब सह्य हुँदैन ।” निर्माण कम्पनीका प्रतिनिधिलाई मन्त्रीले आदेश दिएका थिए ।

यस्तो छ निर्माण सम्पन्न नहुनुको कारण :

तत्कालीन समयमा अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका बर्षमान पुनको प्रमुख स्वकिय सचिव रहेका बेला डिपी ढकालको पहलमा नै भारतीय एक्जिम बैंकको ऋण सहयोगमा सडक सुधार आयोजना अन्तर्गत तत्कालिन बाबुराम भट्टराइ नेतृत्वको सरकारको पालामा योजना स्वीकृत भएको करीब १६ किमीको यो सडक खण्ड चौडा गरी कालोपत्रे गर्न भारतीय कम्पनी एआइसीपिएल र नेपाली कम्पनी एससीपिएल (शैलुङ कन्स्ट्रक्सन) काठमाडौंले संयुक्त ठेक्का पारेको  थियो । ०७१ असार मसान्तमै निर्माण सम्पन्न गरिने गरी ठेक्का स्वीकार गरेपनि यी दुई कम्पनीले काम सम्पन्न गर्न सकेनन ।

निर्माण कम्पनीले नाकाबन्दी, भूकम्प लगायत कारण देखाए पनि आफूले पाउनुपर्ने पैसा नपाउदा काम प्रभावित भएको निर्माण कम्पनीका प्रतिनिधि सुदन गौलीले सुनाए । गौलीका अनुसार सडक बिस्तारमा केहि स्थानीयको समेत असहयोग हुँदा काममा केहि समय ढिलाई भएको थियो ।  करीब ५० प्रतिशत मात्रै काम सकेर फरार रहेको कम्पनी मङ्सिरबाट मात्र पुनस् देखिनेगरी काममा जुटेको थियो ।तर, उसले फेरि काम रोकिदियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चुनावी प्रतिबद्धता पुरा गर्दै :

नेपाल कम्युनिष्ट पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गत उपनिर्वाचनमा यस क्षेत्रबाट हार ब्योहोर्न बाध्य भयो । गजबको कुरा त के भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार डीपी ढकाल यो सडक आयोजनाका पहलकर्ता नै थिए ।  तर उनले त्यसको जस लिन नपाइ समयमै सडक नबनाएको अपजस उनको पार्टीले पायो । जसलाई उनको हारको एक कारण समेत मानिंदै आएको छ । किनभने चुनावको बेला प्रतिस्पर्धी पार्टी र उम्मेदवारले केन्द्रीय सरकार र स्थानीय सरकारमा समेत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्व रहँदा बाटोको बेहाल बनेको र उक्त बाटोका ठेकेदार शारदा प्रसाद अधिकारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डका घरबेटी भएको कुराको निकै नै प्रचार गरेका थिए । यसकारण यो सडक निर्माण सम्पन्न भए नेपाल कम्युनिष्ट पार्टी (नेपकपा) ले आफ्नो चुनावी प्रतिबद्धता पुरा गर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्